काठमाडौं । रोबर्ट लेवान्डोस्कीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदैं दुई गोल गरेपछि बार्सिलोनाले रेड स्टार बेलग्रेडलाई पराजित गर्दै यूएफा च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पारेको छ ।
स्पेनिस क्लब बार्सिलोनाले सर्वियन टोली रेड स्टार बेलग्रेडलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । ला लिगामा अपराजित रहदै शीर्ष स्थानमा कब्जा जमाएको बार्सिलोनाले हारसहित च्याम्पियन्स लिगको सुरुवात गरे पनि त्यसपछि लगातार ३ खेलमा जित हात पारेको छ ।
च्याम्पियन्स लिगमा गोलको शताब्दी पूरा गर्न १ गोल आवश्यकता पर्दा यस प्रतिस्पर्धामा लेवान्डोस्कीले ९९ गोल पूरा गरेका छन् । थप एक गोल गर्न सके उनी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि च्याम्पियन्स लिगमा १ सय गोल गर्ने तेस्रो खेलाडी बन्नेछन् । रेड स्टार स्टेडियमा इनिगो मार्टिनेजले १३औं मिनेटमा हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
उनले राफिन्हाको पासमा गोल गरेका हुन् । २७ औं मिनेटमा सिलास काटोम्पा एमबुम्पाले गोल गरेपछि बेलग्रेडले खेलमा पुनरागमनको संकेत गरेको थियो । ४३ औं मिनेटमा लेवान्डोस्कीलले गोल गरेपछि बार्साले खेलमा पुन अग्रता बनायो । ५३ औं मिनेटमा जुलेस काउन्डेको सहयोगमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । लेवान्डोस्कीका लागि जारी सिजन १६ खेलमा १९ गोल औं गोल थियो ।
त्यसको २ मिनेटपछि राफिन्हाले बार्सिलोनाका लागि चौंथो गोल गरे । ७६ औं मिनेटमा फर्मिन लोपेजले गोल गरेपछि बार्सिलोनाले ५-१ ले अग्रता लियो ८४ औं मिनेटमा वैकल्पिक खेलाडी मिल्सनले घरेलु टोलीका लागि सान्त्वना गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन । फराकिलो जितसँगै हान्सी फलिकको टोलीले ४ खेलमा ३ जितसहित १२ अंक जोडेको छ । ऊ तालिकाको छैठौं स्थानमा छ । समान खेलमा अंकविहीन रेड स्टार बेलग्रेड ३५ औं स्थानमा छ ।