नेपाली सेनाले सुरु गर्‍याे सिन्धुली र रामेछाप जाेड्ने बेलिब्रिज जडानकाे काम

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली सेनाले सुरु गर्‍याे सिन्धुली र रामेछाप जाेड्ने बेलिब्रिज जडानकाे काम

काठमाडौं । नेपाली सेनाले सुनकोशीस्थित सिन्धुली र रामेछाप जोड्‍ने खुर्कोटमा बेलिब्रिज जडान सुरु गरेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ स्थित खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बाढीले आधा बगाएपछि यातायात अवरुद्ध भएको थियो ।

सोही स्थानमा सेनाले आज बेलिब्रिज जडान गरेको हो । बिपी राजमार्ग र पुष्पलाल राजमार्गबीच रहेको सुनकोशी नदीको १ सय मिटर लामो पक्की पुल बाढीले बगाएको थियो । उक्त पुलको रामेछापतर्फको आधा भाग बगाएपछि आवागमन पूर्ण रुपमा अवरुद्ध भएको थियो । आइतबारबाट नेपाली सेनाको प्राविधिकसहित ५३ जनाको जनशक्ति खटिएर बेलिब्रिज जडान गरिएको हो ।

देशका विभिन्न स्थानमा बाढीले अवरुद्ध भएका राजमार्ग तथा अन्य सडक खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली खटिंदै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement