साउदी प्रो लिग : च्याम्पियन अल-हिलाल र अल-नासरको १-१ गोलको बराबरी

जेष्ठ ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिग : च्याम्पियन अल-हिलाल र अल-नासरको १-१ गोलको बराबरी

काठमाडौं । साउदी प्रो लिगमा च्याम्पियन अल-हिलाल र दोस्रो स्थानमा रहेको अल-नासरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एलेक्सान्डर मिट्रोभिकले इन्जिुरी समयमा पेनाल्टी मार्फत गरेको गोलले च्याम्पियन अल-हिलालको हार टारेको हो ।

अल अब्बल स्टेडियममा ओटाभियोले पहिपलो मिनेटमै बक्सबाहिरबाट गरेको प्रहारले जाली चुमेपछि घरेलु टोली अल-नासरले अग्रता खेलमा अग्रता बनाएको थियो । खेल अवधि भर ६५ प्रतिशत पोजेसन होल्ड गरेपनि अल-हिलालले बराबरी गोल फर्काउन निकै संघर्ष गर्नु पर्‍यो ।

इन्जिुरी समयको १० औं मिनेटमा साडियो मानेले बक्सभित्र अब्दुलहामिदको अनुहारमा कन्ट्याकट गरे । भीएआर जाचबाट मानेले फाउल गरेको देखिएपछि अल-हिलालले पेनाल्टीको अवसर पायो । उक्त अवसरमा मिट्रोभिकले कुनै गल्ती नगर्दै गोल गरेपछि अल-हिलाल खेल बराबरी गर्न सफल भयो । 

 यससँगै यस अघिनै च्याम्पियन बनिसकेको अल-हिलालले ३२ खेलमा ९० अंक जोडेको छ । दोस्रो स्थानको अल-नासरको समान खेलमा ७८ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.