वेस्ट इन्डिज 'ए' विरुद्ध ब्याटिङ गरिरहेको नेपालको २ विकेट गुम्यो (LIVE)

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज 'ए' विरुद्ध ब्याटिङ गरिरहेको नेपालको २ विकेट गुम्यो (LIVE)

काठमाडौं । वेस्ट इन्डिज 'ए'सँगको पाँच दिवसीय टि-ट्वान्टी अन्तर्गत नेपालले आज पहिलो खेल खेलिरहेको छ । टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य पच्छाइरहेको नेपालले पाचौं ओभरमा २ विकेट गुमाइसकेको छ । नेपालका ओपनर अनिल साह ५ रन र कुशल भुर्तेल १६ रनमा आउट भए । अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल मैदानमा छन् । नेपालले ७ ओभरमा २ विकेट गुमाएर ५२ रन बनाएको छ ।

टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले रोस्टन चेजको सर्वाधिक ७४ रनसहित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । यस्तै एलिक एथान्जेले ४७ र केइसी कार्टीले ३८ रन बनाए । नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।

नेपाल र वेस्ट इन्डिज 'ए'बीचको खेल कान्तिपुर टेलिभिजन,  कान्तिपुर टेलिभिजनको एप, कान्तिपुर म्याक्स र कान्तिपुर म्याक्सको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.