मानवसेवा आश्रमको महायज्ञमा दुई करोड सात लाखको प्रतिबद्धता

माघ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
मानवसेवा आश्रमको महायज्ञमा दुई करोड सात लाखको प्रतिबद्धता

काठमाडौं । मानवसेवा आश्रमको लुम्बिनी प्रदेश रूपन्देही शाखा स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दान गर्ने दाताहरूको भीड लागेको छ ।

महायज्ञमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ पी नेपालको तर्फबाट हङ्गर रिलिफ प्रोग्राम अन्तर्गत किचन डाइनिङ प्रोजेक्टका लागि एक लाख ५० हजार डलर अर्थात नेपाली दुई करोड सात लाख रुपैयाँ सहयोग दिने प्रतिबद्धता गरेको छ । क्लबको तर्फबाट डिस्ट्रिक्ट गभर्नर पुरुषोत्तममान प्रधनाङ्ग, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर बालाराम भट्टराई, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर सन्दीप कशौधनले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम सिद्धार्थ राजमार्गसँगै प्रदर्शनीस्थलमा माघ ७ गतेदेखि सुरू भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement