रवि लामिछानेको घोषणा : देश-मधेश विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौं

फाल्गुन १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको घोषणा : देश-मधेश विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछानेले देश र मधेशलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।

बुधबार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै उहाँले विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेन्डा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘देश र मधेशलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ । हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा गर्यौं । हामीले विभदेको कुरा गर्न अलि चुक्यौँ । हामीले जति चर्को रूपमा सुशासनको कुरा गर्यौँ त्यतिकै चर्को आवाजमा विभेदको कुरा गर्न सकेनौँ । तर यसपटक हामीले विभेदको अन्त्यसँगै सुशासनको स्थापना गर्न प्रतिबद्धताका साथ आएका छौँ ।’

उहाँले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि गर्नुभयो । उहाँसँगै कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनिष झाको समेत उपस्थिति थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.