
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि ८ दिन बाँकी रहेको छ । यसवीचमा दलहरुले चुनावी गतिविधि तिब्र पारेका छन् भने निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ ।
फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न निर्वाचन आयोगले अनुरोध गरेको छ । कुनै अवरोध गरेको पाइए दुई लाख रुपैयाँ बराबरको जरिवाना हुने पनि आयोगले जनाएको छ ।
यसैबीच, यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् । सुरक्षा निकायका प्रमुखहरूले एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा रणनीति अघि बढेको उल्लेख गर्दै निर्वाचन बिथोल्ने खालका चुनौती नरहेको निष्कर्ष प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका हुन् । । बालुवाटारमा भएको ब्रिफिङमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी हुनुहुन्थ्यो ।
त्यसअवसरमा प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै चुनौतीबारे सचेत रहन निर्देशन दिनुभएको छ ।