सिंगो पार्टीपंक्तिलाई ओलीको निर्देशन : हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर फोर्स बनाउनू

फाल्गुन ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिंगो पार्टीपंक्तिलाई ओलीको निर्देशन : हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर फोर्स बनाउनू

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सोमबार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलामा बोल्दै उहाँले आसन्न निर्वाचनलाई ध्यानमा राखेर हरेक बुथको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न सिंगो पार्टीपंक्तिलाई सचेत गराउनुभएको हो । 

अध्यक्ष ओलीले निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरू बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई अपील गर्नु भयो । उहाँले स्थानीय तहमा निर्माण गरिएको भोटेन्टियर फोर्सहरूले पार्टीको निर्णय र निर्देशनअनुसार काम गर्ने भएकाले उनीहरूलाई सोहिअनुसार परिचालन हुने वातावरण बनाउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले देशको सुरक्षाका लागि सुरक्षा निकायलाई सहयोग गर्न पार्टीले भोलेन्टियर फोर्स निर्माण गर्नुपरेको समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.