काठमाडौं प्रमुख बालेन्द्रले आज पदबाट राजीनामा दिने तयारी

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं प्रमुख बालेन्द्रले आज पदबाट राजीनामा दिने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज पदबाट राजीनामा दिने तयारी छ । दिउँसो २ बजेअघि उहाँले राजीनामा दिने तयारी रहेको शाहको सचिवालयले जनाएको छ । त्यसपछि बालेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने बताइएको छ।

बालेन्द्रले उपप्रमुख सुनिता डंगोललाई राजीनामापत्र बुझाउनु हुनेछ । त्यसपछि उहाँ औपचारिक रूपमा पार्टी राजनीतिमा होमिने बताइएको छ । । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने उहाँको तयारी छ । ०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेर ठूलो मतान्तरसहित उहाँ काठमा८ महानगरको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

यसैबीच, आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

बालेन्द्र यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा-५ बाट उम्मेदवार बन्ने चर्चा चुलिएको छ । रास्वपाको केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन्द्र आजै जनकपुर जाने कार्यक्रम रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.