
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधि सभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गर्नुभएको हो । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताउनु भयो ।
उहाँले अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको पनि बताउनु भयो । उहाँले आगामी निर्वाचनलाई आन्दोलनकै रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्याेलता सिर्जना गरेको बताउनु भयो ।
उहाँले खण्ड खण्डमा निर्वाचन हुनसक्ने भन्दै त्यसबारे पनि मनोवैज्ञानिक रूपमा तयार रहन अध्यक्ष ओलीले निर्देशन दिनुभएको बताउनु भयो ।