महाधिवेशनका नाममा चन्दा उठाउदैँ एमाले

मंसिर २५, २०८२ |विनय आजाद
महाधिवेशनका नाममा चन्दा उठाउदैँ एमाले

सिरहा । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि सिरहामा चन्दा मागेको पाइएको छ । एमालेले महाधिवेशनका नाममा सरकारी कार्यालय, उद्योग, विद्यालयलगायतसँग चन्दा असुली गरिरहेको भेटिएको हो । एमाले सिरहाले भूमि सुधार तथा मालपोत कार्यालयसँग ५१ हजार रुपैयाँ चन्दा बुझेको रसिद आज बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल छ । 

एमालेका सिरहा नगरपालिका अध्यक्ष दीपक यादवले मालपोतसँग चन्दा मागेको कुरा स्वीकार गर्नुभएको छ । मालपोत धेरै घुस खाने अड्डा भएकाले धेरै चन्दा मागिएको तर पैसा भने आफूलाई प्राप्त भइनसकेको दाबी उहाँले गर्नु्भयो। 

नगर अध्यक्ष यादवका अनुसार, सदरमुकामका अन्य सरकारी कार्यालयसँग पनि मालपोतकै हाराहारीमा चन्दा मागिएको छ । सरकारी अड्डाका साथै विद्यालय, उद्योगलगायतसँग पनि सहयोस्वरूप चन्दा माग गरेको उहाँले बताउनुभयो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।