
काभ्रे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वैचारिक संघर्षमार्फत समाज रूपान्तरण सम्भव हुने बताउनुभएकाे छ।
काभ्रेको बनेपा मंगलबार आयोजित भेलामा अध्यक्ष साम्पाङले विचारमार्फत विद्रोह सुरू गरिसकेको दाबी गर्नुभयो। आफू र आफ्नो पार्टीले हतियार बोकेर विद्रोह नगर्नेसमेत उहाँले स्पष्ट पार्नुभयो। यसैबीच काभ्रेमा जिल्ला कार्यसमिति चयन गर्ने र १३ वटै स्थानीय तहसम्म संगठन विस्तार गर्ने गरी काम गरिने पार्टीले जनाएको छ।