ओली तेस्रो पटक अध्यक्ष नबन्ने : विन्दा पाण्डेका

मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली तेस्रो पटक अध्यक्ष नबन्ने : विन्दा पाण्डेका

काठमाडौं । नेकपा (एमाले) कि नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी ओली तेस्रो पटक अध्यक्ष नबन्ने बताउनुभएको छ ।

एमालेको ११औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडि सार्ने बताउनुभएको हो । महाधिवेशनको उम्मेद्वारी दर्ता गर्ने दिनसम्ममा अध्यक्ष ओलीले आफूले नेतृत्व छाडेको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो । 

अध्यक्ष ओलीले नेतृत्व छोडेर नयाँ पुस्तालाई नेतृत्व गर्नको लागि सघाउनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ । नेपाली राजनीतिमा पछाडीको नेतृत्वलाई मार्गदर्शन गर्ने परिपाटी अहिलेसम्म नरहेको उल्लेख गर्नुहुँदै उहाँले अध्यक्ष ओलीले त्यसको मान्यता स्थापित गर्ने बताउनु भयो । 

केपी ओलीकै अगुवाइमा दुई कार्यकाल नेतृत्व र ७० वर्षे उमेरहदको व्यवस्था पार्टीमा आएको स्मरण गर्नुहुँदै उहाँले आफूले स्थापित गरेको मान्यता भन्दा बाहिर जान नमिल्ने उल्लेख गर्नुभयो । उहाँले केपी ओली विनाको एमाले कल्पना गर्न सकिँदैन भन्ने खालको नारा स्थापित गर्न खोजिएकोप्रति पनि असन्तुष्टि जनाउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.