नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाउनुभएको छ ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । राजनीतिक अवस्था लथालिङ्ग र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटि रहेको आरोप लगाउनु भयो । उहाँले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरूलाई नरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टिकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ । आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरूलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटि माओवादीको छ । हाम्रो हो नि । हाकी उम्किने ठाउँ छैन ।’

स्वेच्छाचारी रूपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.