पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न भण्डारीलाई एमाले केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूकाे आग्रह

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न भण्डारीलाई एमाले केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूकाे आग्रह

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रिय कमिटीका नेताहरूले राख्नुभएको बताउनुभएको छ ।

केन्द्रीय कमिटीको बैठकमा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा आफ्नो धारणा राख्नुहुने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गर्नुभएको बताउनु भयो । 

उहाँले केन्द्रिय कमिटीका अधिकांश सदस्यहरूले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अधिकांश बोल्नुहुने प्रतिनिधिहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल भएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभयो । अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीको सदस्यहरूले पूर्वराष्ट्रपतिको हैसियतमै बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणालीको लागि, व्यवस्थाको लागि राम्रो हुँदैन भन्नेकुरा राख्नुभएको छ । यसका बारेमा पार्टीले आवश्यक निर्णय लिनुपर्ने सुझाव राख्नुभएको छ ।’

प्रमुख सचेतक बर्तौलाले आज नै बैठक समापन गर्ने तयारी भइरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.