केही दिनमै संयुक्त कार्यदल बनाएर संविधान संशोधनमा छलफल थाल्छौं : गृहमन्त्री लेखक

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
केही दिनमै संयुक्त कार्यदल बनाएर संविधान संशोधनमा छलफल थाल्छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले केही दिनमै नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त कार्यदल बनाएर संविधान संशोधनमा छलफल थाल्ने बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संविधान संशोधन समावेशीतालाई थप सुदृढ गर्नका लागि हुने बताउनुभयो । कार्यान्वयनका १० वर्षमा देखिएका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने उहाँको भनाइ छ। सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गरी विषयवस्तुहरुमा सहमति गरेरमात्रै संविधान संशोधन हुने पनि गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो ।

संशोधनका विषय पहिचान गरिसकेपछि सबै राजनीतिक दलहरुसँग संवाद गरिने र सहमतिमै संविधान संशोधन हुने गृहमन्त्री लेखकको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.