उपत्यकामा सडक बत्तीको महसुल : संघ सरकारले कति तिर्ने, स्थानीय तहले कति ?

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपत्यकामा सडक बत्तीको महसुल : संघ सरकारले कति तिर्ने, स्थानीय तहले कति ?

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय तहले र ४० प्रतिशत संघीय सरकारले भुक्तानी गर्ने गरी व्यवस्था मिलाउने बताउनुभएको छ ।

उपत्यका मेयर्स फोरमको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सहरी विकासमन्त्री सिंहले ६०/४० ले महसुल तिर्ने गरी व्यवस्था गर्न मन्त्रायले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उपत्यकामा सडक बत्तीको महसुल तिर्न संघ सरकार र स्थानीय तहको भागबन्डा

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मूल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने भन्दै त्यसो गरिए आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

काठमाडौं उपत्यकाभित्र पर्ने राजमार्ग, चक्रपथलगायत अधिकांश मूल सडकमा जडान भएका बत्तीहरुको बिलसमेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै मेयर महर्जनले असन्तुष्टि जनाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.