कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादीको आलटाल

श्रावण १, २०८१ |सुशीला पाठक
कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादीको आलटाल

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिन आलटाल गरिरहेको छ ।

नयाँ गठबन्धनले संघीय सरकार बनाइसकेको र अन्य प्रदेश सरकारमा पनि परिवर्तनको प्रक्रिया सुरु भइसके पनि माओवादीले कोशी प्रदेशबाट बाहिरिने छाँट देखाएको छैन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरूसँग राजीनामा नमागेको र आफ्नो पार्टीले पनि सरकारबाट बाहिरिन निर्देशन पनि नदिएको भन्दै माओवादी सरकारमा बासिरहेको हो ।

प्रदेश सरकार स्वायत्त भएको भन्दै माओवादी केन्द्र प्रदेश कमिटी सचिवसमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतीले केन्द्रको राजनीतिको छाया प्रदेश सरकारमा पर्न नहुने तर्क गर्नुभयो । आफूहरूले नै बनाएको सरकार किन छाड्ने भन्दै मन्त्री उप्रेतीले घुमाउरो पारामा सरकार नछाड्ने संकेत गर्नुभयो ।

गत वैशाख २७ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा एमाले र माओवादीको सरकार गठन भएको थियो । सरकार गठन भएको एक महिना नबित्दै केन्द्रीय सत्ता समीकरण फेरिएपछि माओवादी मन्त्रीहरू सत्ता लम्ब्याउने प्रयासमा लागेका हुन् ।

हेर्नुहोस् सुशीला पाठकका थप स्टोरी ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement