एमाले कोशी प्रदेश नेतृत्वको मतदान भोलि, यस्तो छ कार्यतालिका

आश्विन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
एमाले कोशी प्रदेश नेतृत्वको मतदान भोलि, यस्तो छ कार्यतालिका

काठमाडौं । विराटनगरमा जारी नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा नेतृत्व चयन लागि आइतबार मात्रै मतदान हुने भएको छ ।

कोशी प्रदेश निर्वाचन कमिटीले शनिबार कार्यक्रम तालिका सार्वजनिक गरी आइतबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुने जानकारी दिएको हो ।

उक्त कार्य तालिकाअनुसार आइतबार बिहान ७ बजेसम्म उम्मेद्‌वारहरुले नाम फिर्ता लिन सक्नेछन् भने ७ : १५ मा उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन तालिकाअनुसार शनिबार बेलुका साढे ५ बजे प्राम्भिक नामावली प्रकाशन गरिनेछ । साढे ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्याइएको छ भने बेलुकी ७ बजे उम्मेदवारको नामावली पुन: प्रकाशन गरिनेछ । यसपछि भोलि (आइतबार) बिहान ७ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन समय दिइएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाटै नेतृत्व चयन गर्न जोडबल गरेका छन् । यस अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी गठन हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.