सुर्खेत । सुर्खेतमा जारी एमाले कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
गुलावजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश रोकायाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
त्यस्तै उपाध्यक्षमा दानसिंह परियार, टेकराज पछाईं र लालबहादुर महताराको उम्मेदवारी परेको छ । सचिवमा ध्रुवबहादुर शाही, रुद्रबहादुर शाही र डण्डीप्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी फिर्ता लिने समय आज बिहान ९ बजेसम्मका लागि तोकिएको छ । नेतृत्व चयनका लागि आजै दिउँसो साढे १२ बजेदेखि मतदान गर्ने तालिका छ । प्रदेश अधिवेशनले ५ जना पदाधिकारीसहित १ सय ३५ जना सदस्यीय कमिटी निर्वाचित गर्ने छ ।
यस्तै, विराटनगरमा हिजोदेखि जारी एमाले कोशी प्रदेश अधिवेशनमा आज बन्द सत्र सुरु हुँदै छ । बन्द सत्रपछि आजै उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने तयारी छ ।