एमालेको बागमती प्रदेश कमिटी अध्यक्षमा ढुङ्गेल र सचिवमा सिलवाल चुनिए

आश्विन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
एमालेको बागमती प्रदेश कमिटी अध्यक्षमा ढुङ्गेल र सचिवमा सिलवाल चुनिए

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । 

शुक्रबार भएको निर्वाचनमा ढुङ्गेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा चुनिएका हुन् । उनका प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४३९ मत मात्र पाए । 

यस्तै एमालेको बागमती प्रदेश कमिटी सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी प्रतिस्पर्धी हस्त पण्डितको भन्दा १ मत बढी पाएर निर्वाचित भएका हुन् । सिलवालले ५ सय ६८ मत पाउँदा पण्डितले ५ सय ६७ मत पाए ।

खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्तकुमारी लामा विजयी भए ।

मंगलबारदेखि सुरु भएको बागमती प्रदेश अधिवेशनमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि शुक्रबार ५ घण्टा ढिलो गरी मतदान सुरु भएको थियो । 

प्रयेत्‍न गरिए पनि अन्तिम समयसम्म सहमति नजुटेपछि अन्ततः निर्वाचन भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.