विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन विराटनगरमा सुरु भएको छ ।
विराटनगरमा अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । उनले एमालेविरुद्ध सम्पूर्ण शक्ति लागेको भन्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए ।
उता कर्णाली प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेको प्रयास असफल भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि तीन दिनसम्म गरिएको प्रयास असफल भएपछि अन्ततः निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो ।
एमालेले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ । भोलि साढे १२ बजेदेखि नेतृत्व चयन गर्न मतदान हुने तालिका छ । प्रदेश अधिवेशनले पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।