अर्थ समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएनन् : सभापति चालिसे

आश्विन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थ समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएनन् : सभापति चालिसे

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको जानकारी दिएका छन् ।

अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै सभापति चालिसेले यसरी समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन नगरे बैठक बस्नुको कुनै औचित्य नहुने जिकिर गरे ।

चालिसेले भने, ‘८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गयो । सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक बस्दैनौं ।’

समितिको निर्देशन सरकारले कार्यान्वयन नगर्दा भत्ता लिनकै लागि मात्र बैठक बसे जस्तो नकारात्मक सन्देश जाने उनको भनाइ छ ।

समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमनको आवश्यकता रहेको उनले औल्याए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.