ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर तुलसीपुर उपमहानगरपालिका-७ मोतीपुरको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नावय निरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार तुलसीपुर १७ मानपुरका १५ वर्षीय सविन भण्डारी र १६ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल राप्ती प्रादेशिक अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्याक्टर चालक तुलसीपुर-१७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर-१८ बिजौरीका २६ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.