करेन्ट लागेर जंगली हात्तीको मृत्यु

जेष्ठ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापा । झापा जिल्लाकाे कमल गाउँपालिका-३ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा अन्दाजी ४०/५४ वर्षको भाले हात्ती आज बिहान मृत अस्वथामा फेला परेको छ । डिभिजन वन कार्यालय भद्रपुरले उक्त जानकारी दिएकाे हाे। 

फलामे बिजुलीको पोल धकेल्दा माथिको तार सर्ट भई उक्त हात्तीकाे सुड र १ वटा दारा करेन्ट लागेको हो । 

महेन्द्र प्रकृति संरक्षण कोष कोशी टप्पुबाट पशु चिकित्सकको टोलीले पोष्टमार्टम गरेपछि थप अनुसन्धान गरिने डिभिजन कार्यालय चन्द्रगढीको कर्मचारीले बताएका छन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.