सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठसहित)

जेष्ठ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज संसद्‌मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ५८ करोड, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसअघि चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ जुटाइने सरकारको अनुमान छ ।

यस्तो छ बजेटको पूर्णपाठ :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.