रामेछाप । रामेछापमा सुमो दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन ।
शनिबार दिउँसो रामेछाप नगरपालिका-४ धारापानीस्थित एक घरबाट मुख्य सडकमा निकाल्ने क्रममा ना १ ज ६९८८ सुमो चिप्लिएर दुर्घटनामा परेको सोही वडाका वडा अध्यक्ष कृपा थापा मगरले बताउनुभयो ।
दुर्घटनामा परी घाइते भएका दुई जनाको अवस्था सामान्य रहेपनि एक जनालाई भने गम्भीर चोट लागेको वडा अध्यक्ष थापाले बताउनुभयो । वडा अध्यक्ष थापाका अनुसार अहिले घाइतेहरूको नजिकै रहेको सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे बताइएकाे छ ।