हुम्ला । हुम्लाको राहदेबमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
हुम्ला सदरमुकाम सिमकोटबाट ३५ कोष दुरीमा रहेको सर्केगाड गाउँपालिका-८ राहदेव गाउँका एक जना पुरुषको भीरबाट लडेर मृत्यु भएको हो ।
सोमबार बिहान बाख्रा चराउन गएका घण्टपाल रोकाया राहदेव गाउँ नजिकको भरिकाङ कमन्द वनको भीरबाट लेडर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लामो समय देखि भेडाबाख्रा व्यवसाय गर्दै आएका रोकाया वनमा बाख्रा चराउन गएका बेला सोमबार दिउँसो एक बजेको समयमा भीरबाट लडेरको भाइ रेशमराज रोकायाले जानकारी दिनुभयो ।