सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते

सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

सप्तरीको कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित पूर्व पश्चिम सडक खण्डमा आज बिहान भएको दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

दुर्घटनामा परी धनकुटाकी अन्दाजी २५ वर्षिया मैयाँ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तीब्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१२६ नम्बरको यात्रुबाहक बसले स्थानीय स ५ प १५९३ नम्बरको मोटरसाईकललाई जोगाउने क्रममा ठक्कर दिएर बस पल्टिएको हो । दुर्घटनामा परी घाईते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.