आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । आज देशभरिको मौसम सामान्यतया सफा रहनेछ । मनसुन बाहिरिसकेकाले देशको कुनै पनि भागमा ठूलो वर्षाको सम्भावना छैन । 

आज दिउँसो, देशका पहाडी भू-भागमा मौसममा सामान्य फेरबदर आउने सम्भावना देखिए पनि अधिकांश भू-भागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी प्रदेश, वागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरप्श्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हलुका वर्षाको सम्भावना देखिएको छ ।

आज राति, कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने  तर कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हलुका वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.