अपर त्रिशुली-वान हाइड्रोपावरको कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपर त्रिशुली-वान हाइड्रोपावरको कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध

रसुवा । मजदुरी र पारिश्रमिकको विषयलाई लिएर रसुवामा निर्माणाधीन २ सय १६ मेगावाटको अपर त्रिशुली-वान हाइड्रोपावरको कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध भएको छ ।

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीले रसुवाको मैलुङमा बनाइरहेको यो जलविद्युत कम्पनीमा कार्यरत श्रमिकले मजदुरी र पारिश्रमिकको विषयलाई लिएर शुक्रवार साँझ कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माण रोकिएको हो ।

कोरियन साझेदार कम्पनी कोरिया ईनर्जीसहित ९० प्रतिशत विदेशी लगानी रहेको आयोजनामा ठेकेदार तथा निर्माण कम्पनी पावर चाइनाले मजदुरको पारिश्रमिक अनपेक्षितरुपमा घटाएको भन्दै तोडफोड भएको हो । आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइनाले त्यसलाई घटाएर १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्ट मजदुरहरू आक्रमणमा उत्रिएका हुन् । त्यसक्रममा कार्यालयको प्रशासनिक भवनसँगै एकदर्जन गाडी तोडफोड भएको कम्पनीको दाबी छ । घटनापछि निर्माण कार्य ठप्प पारेका श्रमिकहरु घर फर्किएका छन् ।

२ सय १६ मेगावाटको उक्त जलविद्युत आयोजना अन्तर्राष्टिय मुद्राकोष तथा एसियाली विकास बैंकसहित ९ वटा दातृ संस्थाको ऋण तथा लगानीमा निर्माण भइरहेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement