.png&w=1000&height=550)
दाङ । दाङका भूमिहीन सुकुम्बासीहरूले जग्गा प्राप्तिको माग गर्दै सदरमुकाम घोराहीमा प्रदर्शन गरेका छन् ।
लामो समयसम्म लालपूर्जाविहीन हुनुपरेको भन्दै भूमिहीन सुकुम्बासी मुक्तकमैया कम्लहरीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । स्थिर र शक्तिशाली सरकार बनेको र आफूहरूका माग सम्बोधन हुनेमा आफूहरू आशावादी भएको भूमिहीन सुकुम्बासीहरूले बताएका छन् ।
जिल्ला भूमि अधिकार मञ्च दाङको सातौं अधिवेशन पारेर घोराहीमा दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ भने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।