विविध कार्यक्रम गरी मनाइयाे सशस्त्र प्रहरी मोरङकाे २१औं स्थापना दिवस

उत्कृष्ट प्रहरी र समाजसेवी सम्मान
चैत्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
विविध कार्यक्रम गरी मनाइयाे सशस्त्र प्रहरी मोरङकाे २१औं स्थापना दिवस

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर कंकालिनी मोरङले २१औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । 

उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई सम्मान गर्नुका साथै समाजमा रहेर विविध कार्य गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरेको छ । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले शान्ति सुरक्षा कायम गर्दे हत्या, हिंसा, आतंककारी गतिविधि, अराजक तत्वहरुलाई नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै जनताको जिउधनको सुरक्षामा उत्कृष्ट कार्य गर्दे आएको बताउनु भयो । 

सशस्त्र प्रहरी बल उपरीक्षक गेहेन्द्र बहादुर भण्डारीले सशस्त्र प्रहरी बल नेपाल तीन नम्बर हेडक्वार्टर कंकालिनी मोरङले गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.