
विराटनगर । कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्नु भएको हो। संविधानको धारा १८३ को उपधारा २ अनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।
सोहीअनुसार सोमबार राति १२ बजेदेखि कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ।