महान्यायाधिवक्ता सबिता भण्डारीद्वारा राजीनामा

चैत्र १३, २०८२ |रासस
महान्यायाधिवक्ता सबिता भण्डारीद्वारा राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उहाँलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गर्नुभएको थियो । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको बिदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।