नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेसको बधाइ

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेसको बधाइ

काठमाडौं । नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यलाई बधाइ तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीमा बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने सभापति थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

यसैगरी, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.