भारतका विदेशमन्त्री डा. जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाइ

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतका विदेशमन्त्री डा. जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाइ

काठमाडौं । भारतका विदेशमन्त्री डा. एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाइ दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

विदेशमन्त्री डा. जयशङ्करले शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाइ दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उहाँसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.