
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आवमा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित वन डढेलोसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पार्नुभयो । हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरू कुहिने भएकाले पनि प्राकृतिक रूपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उहाँको तर्क थियो ।
सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताउनु भयो । सचिव शर्माले वन डढेलोका सम्बन्धमा विस्तृत रूपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताउनु भयो ।