राष्ट्रिय सभामा गृहमन्त्रीलाई नियुक्ति गर्ने सरकारको सिफारिस विचाराधीन रहेको राष्ट्रपति कार्यालयको प्रष्टोक्ति

चैत्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभामा गृहमन्त्रीलाई नियुक्ति गर्ने सरकारको सिफारिस विचाराधीन रहेको राष्ट्रपति कार्यालयको प्रष्टोक्ति

काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्ति गर्ने सरकारको सिफारिस विचाराधीन रहेको प्रस्टोक्ति दिएको छ ।

नयाँ सरकार आउने निश्चित प्रक्रिया, अदालतमा परेको रिट र संवैधानिक प्रावधानअनुरूप राष्ट्रिय सभामा अर्यालको सिफारिस विचाराधीन अवस्थामा रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

तर, राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नी छोरीको नाम सिफारिस नभएपछि अर्यालको नियुक्ति रोकिएको विषयमा भने सत्यता नरहेको पोखरेलको भनाइ छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा धन्यवाद दिन शनिबार बालुवाटार गएका संविधानविद्‌हरूसँग प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले छोरीलाई नियुक्ति गर्न नाम खाली राखेर पठाउन भनेको कुरा बताउनुभएको सार्वजनिक भएको थियो। 

गत १ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्यालको नाम सिफारिस गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.