
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ ।
अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुभएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको हो । जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले पूजा अर्चनापश्चात् मन्दिरका महन्थ तथा पूजारीहरूसँग समेत भेटघाट गर्नुभयो ।
पूजापश्चात् उहाँले जनकपुरधाम भ्रमण उपलब्धीमुलक रहेको जानकारी दिनुभयो । उहाँले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताउनु भयो । जनकपुरधामबाट उहाँ महोत्तरी जाने कार्यक्रम रहेको छ । उहाँले महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको निरिक्षण गर्नुहुनेछ ।