नयाँ बन्ने सरकारलाई खबरदारी गर्दै सहकारी पीडितले भने : ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ बन्ने सरकारलाई खबरदारी गर्दै सहकारी पीडितले भने : ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’

काठमाडौं । सहकारीमा फसेको आफ्नो वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

सरकारको ध्यानाकर्षण गराउन उनीहरूले पुनः सडक आन्दोलन सुरू गरेका हुन् । विगत ४५ महिनादेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितहरूले सरकारसँग पटक-पटक सम्झौता भए पनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन् ।

सरकारले गरेका सम्झौताहरू कागजमै सीमित भएको र आफूहरूको बिचल्ली भएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । उनीहरूले वाचापत्रमा लेखेको सय दिनेप्रक्रिया हामीले पनि सम्झिएका छौँ, आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्, अपराध अनुसार सञ्चालकको प्रवृत्ति अनुसार दण्ड गर्ने विधान बनोस्, ठग सञ्चालकहरूको नागरिकता, पासपोर्ट, बैंक खाता, चल अचल सम्पत्ति रोक्का गरियोस्, नयाँ बन्ने सरकार सहकारी पीडितलाई न्याय दे लगायतका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.