
मोरङ । मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी उम्मेदवार आशाकुमारी झा विजयी हुनु भएको छ ।
उहाँले ३० हजार ४ सय ३४ मत ल्याएर बिजय हुनु भएको हो । अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ । यस्तै जसपाका राजकुमार यादवले ८ हजार ७ सय ४७ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डलले ८ हजार ६ सय २३ मत प्राप्त गर्नु भएको छ । एमाले उम्मेदवार मनोजकुमार अग्रवालले ६ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय उर्जाशिल पार्टीका योगेन्द्र मण्डलले ४ हजार १ सय ९९ मत प्राप्त गर्नु भएको छ ।