
गाेरखा । प्रतिनिधि सभा गाेरखा-१ काे मतगणना सुरू भएकाे छ ।
चुमनुब्री-१ बाट मतगणना सुरू भएकाे हाे । १ सय ९९ मत गणनाकाे प्रारम्भिक मतमा रास्वपाका सुधन गुरूङले अग्रता लिनुभएकाे छ । गुरूङले ९० मत प्राप्त गर्नुभएकाे छ । कांग्रेसका उम्मेदवार प्रेम खत्रीले ४७, नेकपाका हरिराज अधिकारिले ३४ र एमाले उम्मेदवार आरसी लामिछानेले ७ मत प्राप्त गर्नुभएकाे छ ।