सुनसरीका चारमध्ये तीन क्षेत्रमा रास्वपाको अग्रता कायमै

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरीका चारमध्ये तीन क्षेत्रमा रास्वपाको अग्रता कायमै

सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा सुनसरीका चारमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता कायम राखेका छन् ।

सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा १७ हजार ५ सय ७९ मतसहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका राजीव कोइराला ६ हजार ८०८ मतसहित दोस्रो स्थानमा रहँदा एमालेका सुजन लामा २ हजार २०६ मत छ । श्रम संस्कृति पार्टीका चेतन राईले १ हजार ७ सय ६८ मत ल्याउँदा नेकपाकी रामकुमारी चौधरीले ३६२ मत प्राप्त गर्नुभएकाे छ । 

सुनसरी-३ मा पनि रास्वपाका अशोककुमार चौधरीले २९ हजार ५ सय ६७ मतसहित स्पष्ट अग्रता लिनुभएकाे छ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० हजार ८ सय ६८ मतमा सीमित हुनुभएकाे छ । एमालेकी भगवती चौधरीले ८ हजार ७ सय ९४ र नेकपाका दुर्गेश चौधरीले १ हजार ६९ मत पाउनुभएकाे छ । 

यसैगरी सुनसरी–४ मा रास्वपाका दीपककुमार साह ४ हजार ६ सय ४० मतसहित अग्रस्थानमा हुनुहुन्छ। नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ७ सय ५८ मत पाउनुभएकाे छ भने एमालेका जगदीशप्रसाद कुसियैत १ हजार ५ सय ३७ र नेकपाका महफुज अन्सारी ४ सय ८८ मत पाउनुभएकाे छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझ समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.