काठमाडौं उपत्यकामा ‘क्लिनस्विप’ गर्दै रास्वपा

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकामा ‘क्लिनस्विप’ गर्दै रास्वपा

काठमाडौं । रास्वपाले काठमाडौं उपत्यकामा ‘क्लिनस्विप’ गर्ने भएको छ । 

मतपरिणामअनुसार उपत्यकाका १५ सिटमध्ये रास्वपाले १३ सिट जितिसकेको छ ।  बाँकी २ सिटमा पनि रास्वपाले नै फराकिलो मतान्तरले अग्रता बनाएको छ । रास्वपाले काठमाडौं जिल्लाको दशवटै क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको छ । 

रास्वपाकी रञ्जु न्यौपाने काठमाडौं–१ मा विजयी हुनुभएको छ । काठमाडौं २ मा सुनिल केसी र ३ मा राजुनाथ पाण्डे विजयी हुनुभयो । काठमाडौं –४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप बिष्ट निर्वाचित हुनुभएको छ । 

भक्तपुर १ मा ३५ वर्षपछि नेपाल मजदूर किसान पार्टीको किल्ला भत्काउँदै रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको छ । यसैगरी ललितपुर १ रास्वपाका बुद्धरत्न महर्जनले कांग्रेसका उदयशमशेर राणालाई हराउँदै विजयी हुनुभएको छ । भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई हराउँदै रास्वपाका राजीब खत्री विजयी हुनुभएको छ । 

ललितपुर–२ मा रास्वपाकै जगदीश खरेल अगाडि हुनुहुन्छ । त्यसैगरी ललितपुर–३ मा रास्वपाकी डा. तोसिमा कार्की अगाडि हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.