सुनसरी-१ मा रास्वपाको अग्रता

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरी-१ मा रास्वपाको अग्रता

धरान । सुनसरी-१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को अग्रता रहेको छ ।

बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं.१ मा रहेको धरान उपमहानगरपालिकाको वडा नं.१ को कुल ९ सय २४ मतगणना हुँदा रास्वपाका उम्मेदवार गोमा तामाङ(सरिन)ले ४ सय ६१ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएकाे छ।

त्यस्तै श्रम संकृति पार्टीका उमेदवार हर्क राज राई(साम्पाङ) ले १ सय ५४ मत प्राप्त गर्नुभएकाे छ भने नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र गोले तामाङले १०७, राष्ट्रिय प्रजातन्त्र पार्टिका उमेदवार उद्वव श्रेष्ठले ९५, नेपाल कम्युनिष्ट पार्टिका उम्मेदवार सूर्य बहादुर भट्टराई(मनोज)ले ४१ र नेकपा एमालेका उमेदवार टिकाराम लिम्बुले २० मत प्राप्त गरेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.