मकवानपुर-२ मा रास्वपाका उप्रेती अगाडि

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मकवानपुर-२ मा रास्वपाका उप्रेती अगाडि

मकवानपुर । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर-२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता लिनुभएकाे छ । 

मनहरी गाउँपालिकाको ८ र ९ नम्बर वडाको ३ हजार ५ सय १० मत गणना हुँदा उप्रेतीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्ध लामालाई करिब हजार मतले पछि पार्नुभएकाे हाे । उप्रेतीले १ हजार ६ सय ३० मत प्राप्त गर्दा लामाले ६ सय १४ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै नेकपा (एमाले)का उम्मेदवार तथा पूर्व सांसद महेश बर्तौलाले ५०९ मत प्राप्त गर्नुभएकाे छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लवशेर विष्टले २७२ मत प्राप्त गर्नुभएकाे छ । मनहरी उप्रेतीको गृह पालिका हो । स्थानीय तहको निर्वाचनमा मनहरीको ८ र ९ दुवै वडा कांग्रेसले जितेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.