स्याङ्जा–२ को मतगणना गर्ने

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्याङ्जा–२ को मतगणना गर्ने

 स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरू हुने भएकाे छ । वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न भएकाे थियाे ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय स्याङ्जालाई पत्र पठाउँदै मतगणनाका सम्बन्धमा सर्वदलीय बैठक राखेर निर्णय गर्न निर्देशन दिएको थियाे । आयोगका अनुसार मतगणनाको विषयमा सम्बन्धित पक्षबीच सहमति जुटाएर मात्र मतपत्र गणना गर्ने वा नगर्नेबारे निर्णय गर्न भनिएको छ । सहमति नभए बहुमत वा द्विपक्षीय सहमति गरेर गणना प्रक्रिया अघि बढाउन सकिने बताएकाे थियाे ।

आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाएर यथाशीघ्र मतगणना कार्य सुरु गर्न पनि निर्देशन दिएपछि वालिङ नगरपालिकामा बसेका सर्वदलीय वैठकबाट मतगणना गर्ने सहमति भएकाे हाे । साढे ३ बजेदेखि मतगणना सुरू गर्ने सर्वदलीय सहमति भएसँगै बैठकले हस्ताक्षर बिना मतपत्र वितरण गर्ने मतदान अधिकृतलाई कारबाहीका लागि निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.