कैलाली-२ मा कांग्रेसको अग्रता

फाल्गुन २२, २०८२ |रासस
कैलाली-२ मा कांग्रेसको अग्रता

घोडाघोडी (कैलाली) । कैलाली प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ तीन सय ९१ गणना हुँदा रूखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ ।

कैलाली-२ मा कुल मतदाता एक लाख सात हजार ७ सय ५७ मध्ये ५६ हजार ७ सय ७० मत खसेको थियो ।