रूकुमपूर्वमा नेकपाका संयोजक दाहालको अग्रता कायमै

फाल्गुन २२, २०८२ |रासस
रूकुमपूर्वमा नेकपाका संयोजक दाहालको अग्रता कायमै

रुकुमपूर्व । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रूकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अग्रता कायमै राख्नुभएको छ । 

उहाँले पाँच हजार ९२४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लीलामणि गौतमले दुई हजार ९१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले एक हजार ७०९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल  जानकारी दिनुभयो ।

हालसम्म भुमे गाउँपालिकाको नौ वडा र सिस्ने गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ को १० हजार ९२१ मतगणना सकिएको छ । यहाँ २ सय ९७ मत बदर भएको छ । अहिले सिस्ने गाउँपालिकाको ६ र ८ नम्बर वडाको मतगणना जारी छ । त्यसपश्चात् पुथा उत्तरगङ्गा गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो ।